बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ५ यात्रु घाइते

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २२, २०७४



  • बैतडीको डिलासैनी गाउँपालिका ३ लुलचुडामा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ५ जना घाईते भएका छन्।

    मंगलबार बिहान म १ ज २३३ नम्बरको जिप दुर्घटनामा पर्दा दार्चुलाको मर्म गाउँपालिका -३ का ३६ वर्षीय कृष्णसिंह बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

    गम्भीर घाइते विष्टको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वरमा मृत्यु भएको हो।

    घाइतेमध्ये ४ जनाको सोही प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। अन्य एक जनालाई  थप उपचारको लागि धनगढी ल्याइएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij