प्रकाशित मिति : मङ्लबार, फाल्गुन २२, २०७४
राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्ने भएको छ।
बैठक मंगलबार अपरान्ह ४ बस्ने पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिए।
निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ।
वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा विषयमा एमालेले टुंगो लगाउने छ। बैठकमा उम्मेदवार चयनसँगै एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने पनि बताइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij