बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

आगलागीमा परी सिन्धुपाल्चोकमा एक युवाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २३, २०७४



  • सिन्धुपाल्चोकको स्वाँरामा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

    आगलागीमा परि सुनकोसी गाउँपालिका वडा नं ७ का २१ वर्षीय रेशम सार्किको मृत्यु भएको हो। आगलागीबाट एउटा जस्ताको टहरोसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

    मृतक सार्की स्वयम् अत्याधिक धुम्रपान तथा मध्यपान गर्ने गरेको र उनैले सल्काएको चुरोटबाट आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij