सुरूमा सर्वोच्च प्रशासनले उक्त रिट अस्वीकार गरेको थियो। प्रधानमन्त्रीको नियुक्ति सम्बन्धमा परेको निवेदन दर्ता गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरिदिएको थियो।
उक्त दरपीठ विरुद्ध निवेदक यज्ञमणी न्यौपानेले निवेदन दिएपछि डम्बरबहादुर शाहीको इजलासले दर्ता गर्न आदेश गरेको थियो।
उक्त आदेश आएपछि ओलीलाई प्रधानमन्त्रीको रूपमा काम गर्न रोक लगाउने आदेशको माग गरिएको रिट बुधबार दर्ता भएको छ। संसदको शपथ नलिइकन प्रधानमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक काम भएको अधिवक्ता न्यौपानेले जिकिर गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकार कायम राखी त्यही सरकारबाट संसद अधिवेशन आह्वान गराउन रिटमा माग गरिएको थियो।
