बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सन्दर्भ अन्र्तराट्रिय श्रमिक महिला दिवस….. दिवस मनाउन गएपछि छाक गास नै हराउँछ

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २४, २०७४



  • शिबराज पन्थी, २४ फागुन दाङ । अन्र्तराट्रिय श्रमिक महिला दिवसको एका विहानैको समय, महिलाहरुले लामबद्ध भएर मुखमा मास्क लगाई हात हातमा कुचो र ब्रस लिएर सडकमा धुलो बढार्दै गरेको दृष्य झट्ट हेर्दा अश्वाभाविक जस्तो देखिन्थ्यो तर गढवा ७ घोराहाको सडक कालोपत्रे हुदै गरेको स्थानमा महिला श्रमीकहरुले धमाधम काम गरिरहेका थिए ।

    यत्तिमात्र होईन गढवा क्षेत्रमा दर्जनौं घर बनाउने ठाउँमा पनि महिलाहरुले काम गरिरहेको पाईन्थ्यो । उनिहरुलाई न नारी दिवस भन्ने थाहा थिया,े न त श्रमिक महिला दिवस र यसको महत्वका बारेमा नै थाहा थियो । मात्रै उनिहरुको एउटै भनाई थियो, काम नगरे साँझको छाक गास नै हराउँछ ।
    दिवस मानाएर मात्र खान लाउन पाईने भए सधै दिवस मनाउन जान्थीम् , सडक बढार्दै गरेकी गढवा–७ घोराहा कि रिता चौधरीले भन्नु भयो , हाम्रो नारी दिवस भनेकै काम गर्नु हो । नारी दिवसको नाममा टाठा बाठा महिलाहरुले मात्र गाविसबाट बजेट ल्याएर मनाउने गर्छन् हामीलाई त नारी दिवस भनेको के हो थाहै छैन । रिताले जस्तै बाटो बढार्दै गरेका संझना चौधरी र रिमा चौधरीले पनि यस्तै बेदना पोखे ।

    देशब्यापि रुपमा सरकारी तथा गैरसरकारी तवरबाट महिला दिवस मनाउदै गर्दा देउखुरीका कैयन महिलाहरुलाई भने नारी दिवसले छोएको छैन । महिला दिवसको दिन कोही सडक बढारी रहेका छन् त कसैले घर बनाउने ठाउँमा लेवर र मिस्त्रि बनेर काम गरिरहेका छन् । नारी दिवसको दिन घर बनाउदै गरेकी गढवा–७ की महिला मिस्त्री मन्तुली चौधरीले काम नगर्ने हो भने साँझको छाक नै अड्कीने बताउनु भयो ।

    उहाँले जस्तै घर बनाउने काममा लागिरहनु भएका गढवा ७ मानपुरका निमा नेपाली, जगनी चौधरी र खिमा नेपालीले पनि महिला दिवसको सान्दर्भिकता थाहा नपाएको बताउनु भयो । दिवस मनाउने भनेर दिनभर काम नगरी बस्यो भने साँझ के खाने ? उनिहरु सबैले एउटै स्वरमा भने । त्यसो त देउखुरी उपत्यका बाटै करिब ७ हजारको हाराहारीमा कैयन महिलाहरु जिल्ला बाहिर ईटा भट्टामा मजदुरी गर्न गएको पाईन्छ । उनिहरुलाई न नारी दिवसले छुन्छ, न त घर गाउँको संझनाले । गाउँघर र आफ्ना सबै परिवारको बर्षमा एक पटक माघी पर्वमा मात्र जमघट हुने गर्छ ।
    उनिहरु जस्तै श्रमिक महिला दिवसको दिन कैयन महिलाहरुले सडकमा मकै पोलेको देखिन्थ्यो भने कसैले गिट्टी कुटिरहेको दृष्य देखिन्थ्यो ।  कति महिलाहरु त आफ्नै पसलमा हाम्रो सधैको नारी दिवस भनेको नै ब्यापार ब्यवसाय गर्नु हो, भन्नु हुन्थ्यो । उहाँहरुलाई महिला दिवसको कार्यक्रम भन्दा पनिआफ्नै पसलमा सरसामान बेच्न कै चटारो थियो ।
    नेपालमा यसबर्षको १०८ औं अन्र्तराष्ट्रिय नारी दिवस मनाउदै गर्दा पुर्वि नेपालको पर्सा पर्टवा मुगौलीकी ८ बर्षिय वालीका सामुहिक बलत्कारको शिकार बनी राजधानीको नर्भिक हस्पिटलमा जिवन मरणको लढाई लढिरहेकी छिन् । उता हालचालै ३४ बर्षिय सन्तोषी नेपालीकी १० बर्षिय छोरी अमृताको बलत्कार पछि हत्या भएको छ । देशभर बलत्कारका घटनाहरुमा कमि हुनुको बदला घटनाहरु बढ्दै गएका छन् जसको कारण नेपालको फितलो कानूनले अपराधिहरुलाई कडा सजायँ दिन सकिरहेको छैन ।

    राज्यको उच्च ओहदामा महिलाहरु पुगेका छन् तर टाठाबाठाको मात्र बोलवाला भएको र उनिहरुले मात्र नारी दिवस मनाउने गरेको गाउँका श्रमिक महिलाहरुको भनाई छ । दिवस खाली दिवस मनाउन मै सिमित नगरी सर्वसाधाहरण महिलाहरुको पनि पहुँच हुनेगरी कार्यक्रम लैजान जरुरी भएको सामाजिक अभियन्ताहरुको धारण छ ।

    राज्यले महिलामाथी हुने जघन्य अपराध र बलत्कारका घटनाहरुलाई रोक्ने नै हो भने मञ्चमा भाषण गरेर दिवस मनाउनका लागि नारी दिवस नभनेर अपराधिहरुलाई कर्वाही गर्ने कडा भन्दा कडा कानून बनाएर कार्यान्वयन गर्नु जरुरी भएको जानकारहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij