प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०७४
वाम गठबन्धनले माओवादी केन्द्रका नेता पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरालाई सभामुख उम्मेदवार बनाएको छ।
एमाले र माओवादीबीचको भागबन्डामा सभामुख माओवादीको भागमा परेको थियो।
माओवादीका प्रभावशाली नेता महराले यसअघि सूचना तथा सञ्चार, परराष्ट्र, गृह र अर्थ मन्त्रीको जिम्मेवारी सम्हालिसकेको छन्।
२०४८ सालमा भएको आम चुनावमा उनी तत्कालीन जनमोर्चाबाट सांसद बनेका थिए।
सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
यसैबीच प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने निर्णय केहीबेरमा गर्दैछ।
उम्मेदवारी दिने/नदिनेबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले केहीबेरमा नेताहरुसँग छलफल गर्दैछ। कांग्रेसले भने उम्मेदवारी दिने सम्भावना कम छ।
यसअघि राष्ट्रपतिमा पनि विद्यादेवी भण्डारीको साटो अरु कसैलाई उम्मेदवार बनाए आफूले उम्मेदवार नउठाउने सन्देश कांग्रेसले वाम गठबन्धनलाई पठाएको थियो।
सभामुखका लागि शनिबार मतदान हुँदैछ। महरा सभामुख बन्ने निश्चित छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij