बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

धादिङमा बस दुर्घटना, ९ जना घाइते

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०७४



  • धादिङ, फागुन २५ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ६, जरेमा बस खस्दा ९ जना घाईते भएका छन् ।

    काठमाडौंबाट धादिङबेसीतर्फ आउँदै गरेको बा३ख २८६८ नम्बरको ग्रामीण यातायातको बस सडकबाट खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सीनाले जानकारी दिए ।

    घाईतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट बस तल खसेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij