प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०७४
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेका डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले आज शपथ लिएका हुन् ।
राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई शपथ गराएकी हुन् ।
तीनैजनाको शपथग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij