बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चरेश सहित एक जना पक्राउ

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २६, २०७४



  • कैलाली, फागुन २६ । कैलालीको अत्तरीयाबाट लागु औषध चरेश सहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

    कैलाली, फागुन २६ । कैलालीको अत्तरीयाबाट लागु औषध चरेश सहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

    गोदावरी नगरपालिका स्थित अत्तरीया बसपार्क नजिकै बाट आज बिहान ५ बजे प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बझाङ जयपृथ्बि नगरपालिका वडा नम्बर ८ का बारीलका ४७ बर्षिय पदम बोहरा रहेका छन ।

    सुदुर पश्चिम क्षेत्रिय अनुसन्धान समुह आरआईटिले उनको साथबाट ७ कीलो चरेश बरामद गरेको हो ।

    अनुसन्धान समुह आरआईटिका प्रमुख प्रहरी सहायक निरीक्षक केशब जोशिका अनुसार बझाङबाट चरश आयत गरी भारत बिक्रिका लागि लैजादै गर्दा पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij