आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रेशम चौधरीको माग पूरा गर्न राजपाको ध्यानाकर्षण

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २६, २०७४



  • काठमाडौं, फागुन २६ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यले गृहमन्त्री रामबहादुर थापालाई आज भेटी कैलालीमा अनशनरत आफ्ना नेता रेशम चौधरीको मागको सुनुवाइ गर्न ध्यानाकर्षण गराएका छन् ।

    काठमाडौं, फागुन २६ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यले गृहमन्त्री रामबहादुर थापालाई आज भेटी कैलालीमा अनशनरत आफ्ना नेता रेशम चौधरीको मागको सुनुवाइ गर्न ध्यानाकर्षण गराएका छन् ।

    गृह मन्त्रालयमा भएको भेटमा राजपाका नेताहरुले चौधरीसहित अनशनरत २६ जनाको स्वास्थ्य अवस्था बिग्रदै गएकोले तत्काल समस्याको समाधानका लागि गृहमन्त्रीलाई आग्रह गरेका हुन् ।

    उनीहरुले अनशनरत चौधरीलाई कैलालीबाट काठमाडौँमा ल्याएर संसद् सदस्यको प्रमाणपत्र दिने तथा शपथ ग्रहणको व्यवस्था मिलाउन कुनै कानूनी समस्या नरहेको जिकिर गर्दै त्यसका लागि वातावरण बनाइदिन गृहमन्त्रीसँग माग राखेका थिए ।

    जवाफमा गृहमन्त्री थापाले अनशनरत चौधरीसहित २६ जनाको स्वास्थ्य अवस्थाबारे सरकार गम्भीर रहेको भन्दै उनीहरुले राखेका तत्काल पूरा गर्न सकिने माग सम्बोधनका लागि मन्त्रालयले गृहकार्य अघि बढाइसकेको बताए ।

    अदालती विषय बाहेकका अन्य विषयमा वार्ता तथा छलफलका माध्यमबाट समाधान खोजिने उनको भनाइ थियो ।

    उनले यस विषयमा आफूले प्रधानमन्त्री केपी ओलीसँग पनि थप छलफल र परामर्श गरेर समाधानको बाटो पहिल्याउने राजपाका नेतालाई आश्वासन दिएका थिए ।

    आफूलाई संसद् सदस्यको प्रमाणपत्र तथा शपथको व्यवस्था मिलाउनुपर्ने, कैलाली घटनामा मुद्दा लागेकाको मुद्दा फिर्ता लिनुपर्ने लगायतका तीन बुँदे माग राखी जिल्ला कारागारमा रहनुभएका नेता चौधरीसहित टीकापुर घटनाका २६ जना आरोपीले गत फागुन २० गतेदेखि आमरण अनशन शुरु गरेका छन् ।

    कैलालीको टीकापुरमा विसं २०७२ भदौ ७ गते वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको घटनामा मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका चोधरीले गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि गत फागुन १४ गते अदालत समक्ष आत्मसमर्पण गरेका थिए ।
    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij