बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पाँच वर्षभित्र मेसी तेस्रो सन्तानको पिता

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४



  • बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसी तेस्रो सन्तानको पिता बनेका छन्।

    उनकी श्रीमती एन्तोनेलाले शनिबार तेस्रो सन्तानको रूपमा छोरा जन्माएकी हुन्। मेसी र एन्टोनेलाका यसअघि नै दुई छोरा थिए। मेसीको तेस्रो छोराको नाम सिरो हो ।

    यसअघि उनीका थिएगो र मातेओ नाम गरेका दुई छोरा भइसकेका छन् । मेसीका जेठो छोरा थिएगोको सन् २०१२ नोभेम्बर २ मा जन्म भएको थियो ।

    यस्तै दुई वर्षअघि दोस्रो सन्तानको रुप्मा मातेओ जन्मिएका थिए र अहिले सिरोको जन्म भएको हो । पाँच वर्षको अवधिमा मेसी तीन छोराका पिता बनेका छन् ।

    सिरोको जन्मसँगै मेसीले शनिबार बेलुका ला लिगा अन्तर्गत मालागासँगको खेलमा अनुपस्थित रहे।  तर पनि बार्सिलोना २–० ले विजयी भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij