आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वनको डढेलो वस्तिमा पस्दा सल्यानका १५ घरगोठ जलेर नष्ट

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४



  • सल्यानमा आगलागीबाट १५ घर गोठ जलेर नष्ट भएका छन् । वनको डढेलो वस्तीमा फैलदा स्थानीयका १५ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक प्रेमशंकर चोधरीले जानकारी दिए ।

    छत्रेश्वरी गाउँपालिका वडा नं.  ७ मा रहेको फेदीखोला सामुदायिक बनबाट सल्किएको आगोले बन नजिक रहेका श्रीचौरका ८ घर र ७ गोठ जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीले सेतोपाटीलाई बताए ।

    आगलागी बाट स्थानीय चक्रबहादुर दमाई, बेदबहादुर बोहोराको घर र शेरबहादुर केसी, कालिबहादुर केसी लगाएतका घर गोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ ।  आगोले एउटा बोका र केही कुखुरा समेत मरेको चौधरीले जानकारी दिए । पिडितहरुले छिमेकीको घरमा आस्रय लिइरहेका छन् ।

    हावाहुरी चलेको कारण वनको आगो नजिकैको बस्तिमा फैलिएको र हावाका कारण समयमै आगो नियन्त्रणमा समस्या भएको चौधरीले बताए। डढेलो राति नौबजेपछि मात्र नियन्त्रणमा आएको थियो । प्रहरीले आगलागीबाट भएको क्षतिको एकीकरण विवरण आइतबार संकलन गर्ने प्रहरीले बताएको छ।  शनिबार दिउँसो पौने ३ बजेदेखि वनको डढेलो बस्तिमा पसेको थियो । जंगलमा आगो कस्ले लगाएको हो र त्यो बस्तिमा कसरी आइपुग्यो भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    यसैबिच नेपाल रेडक्रस सोशाईटी सल्यानले आगलागी पिडितलाई केही राहत सामाग्री वितरण गरेको छ । आगलागी बाट पिडित ५ घरपरिवारलाई राहत सामाग्री वितरण गरेको र बाँकीलाई आज आइतबार वितरण गर्ने रेडक्रस सल्यानले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij