बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

खानेपानीको पाइप फुटेपछि धादिङबेसीमा पिउने पानीको संकट

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४



  • धादिङ, फागुन २७ । सडक निर्माणको क्रममा खानेपानीको पाइप फुटेपछि धादिङको सदरमुकाम धादिङबेसीमा पिउने पानीको संकट परेको छ ।

    सदरमुकामबासी पिउने पानी कै लागि अहिले खोलामा जान बाध्य भएका छन् । बिग्रिएको पानीको पाइप बनाउन सरोकारवाला निकायले गरेको बेवास्ताका कारण यस्तो अवस्था आएको हो । पानी नभएका कारण अस्पतालहरुको सरसफाईमा समेत ठूलो समस्या परेको छ ।

    पानीको पाईप मूलदेखि वितरण गर्ने ट्याङ्कीसम्म ल्याउँदा खनेर कम्तीमा ९० सेन्टीमिटरको गहिरो बनाउनु पर्नेमा जमिनमाथि नै पाईप राखेकाले सामान्य समस्या आउँदा पनि पानीको आपूर्ति बन्द हुने गरेको छ ।

    करिव तीन हजार घरघुरी रहेको धादिङ सदरमुकाममा २३ सयओटा धारा जडान गरिएको छ । दैनिक २५ लाख लिटर पानी आवश्यक पर्ने भए पनि दशदेखि १२ लाख लिटर पानीमात्र वितरण हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij