बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ट्याक्टरले साइकललाई ठक्कर दिदा एकजनाको मृत्यु, तीनजना घाइते

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४



  • कैलाली, फागुन २७ । कैलालीको गोदावरी नगरपालिका–१ बसन्तपुरमा ट्याक्टरले साइकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाईते भएका छन् ।

    आइतबार पूर्वबाट पश्चिमतर्फ आइरहेको से१त ३१४२ नम्बरको ट्याक्टरको ठक्करबाट साइकल चालक बसन्तपुरका अन्दाजी २२ बर्षीय सुनिल ओझाको मृत्यु भएको हो ।

    घटनालगत्तै ओझालाई पद्मा अस्पतालमा ल्याइएको भए पनि उपचार सम्भव नभएपछि सेती अञ्चल अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    यस्तै दुर्घटनामा घाइते हुनेहरुमा साइकलमा सवार बसन्तपुरका २१ बर्षीय सुरज कडायत, धनगढी उपमहानगरपालिका ३ भन्सार टोलका १८ बर्षीय विरेन्द्र चौधरी र सोही ठाउँका २१ वर्षीय कालु चौधरी छन् ।

    घाइते तीनैजनाको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

    ट्याक्टर चालक धनगढी उपमहानगरपालिका–३, भन्सारका २० वर्षीय सन्जीव चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij