आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुख्यमन्त्री पोखरेलले पाए दुई तिहाइ बहुमत, पक्षमा ६७ विपक्षमा १८ मत

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४



  • प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संसदमा दुई तिहाइ बहुमत पाएका छन्।

    आइतबार दिउसो १ बजेदेखि बसेको प्रदेश सभा बैठकमा पोखरेलले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेका थिए।

    पोखरेललाई उनको दल नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।

    एमालेका ४१, माओवादी केन्द्रका २०, संघीय समाजवादी फोरमका ५ र राष्ट्रिय जनमोर्चाका १ गरी मुख्यमन्त्री पोखरेलको पक्षमा ६७ मत परेको छ। त्यस्तै विपक्षमा नेपाली कांग्रेसको १८ मत परेको छ। नेपाली कांग्रेसका एकजना सांसद उपस्थित भएनन्।

    मुख्यमन्त्री पोखरेलले विश्वासको मत दिन आग्रह गरेपछि संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका तिलकराम शर्मा, संघीय समाजवादी फोरमका सहसराम यादव, राष्ट्रिय जनमोर्चाकी तारा जिसीले मुख्यमन्त्री पाखरेललाई आफ्नो पार्टीको तर्फबाट समर्थन गरेका थिए।

    फागुन ३ गते मुख्यमन्त्रीको शपथ लिएका पोखरेलले २४ दिनपछि विश्वासका मत लिएका हुन्।

    उपसभामुख निर्वाचनमा पनि यी दुई दलले बाम गठबन्धनको उम्मेद्वारको पक्षमा समर्थन जनाएका थिए।
    राष्ट्रिय जनता पार्टीका एकजना समानुपातिक सांसदले भने आन्तरिक विवादको कारण सपथ ग्रहण गरेका छैनन्।

    प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले सबैलाई पायक पर्ने गरी राजधानी तोक्नुपर्ने बताएका छन्। उनले भौतिक संरचना प्रयाप्त नहुँदा काम गर्न असहज भएको भन्दै प्रदेशसभा रहेको भवनमा बुटवल उद्योग वाणिज्य संघको समेत सचिवालय रहेकोले अन्यत्र सार्न आग्रह गरेका छन्।

    हाल भएका मुख्यमन्त्री कार्यालय र अन्य मन्त्रालयलाई भौतिक संरचना अभाव रहेको भन्दै उनले साँघुरो स्थानबाट जनतालाई प्रभावकारी सेवा दिन नसकिने बताए।

    संसदको अर्को बैठक चैत ४ गते बोलाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij