बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दुई थान पेस्तोल र खुकुरीसहित इटहरीबाट एकजना पक्राउ

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • सुनसरी, फागुन २८ । प्रहरीले सुनसरीको इटहरीबाट दुई थान पेस्तोल र खुकुरीसहित एकजनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–४ बालुवाटार घर भएका ३५ वर्षीय नवाङ पासाङ शेर्पालाई आइतबार हतियारसहित पक्राउ गरिएको हो ।

    इटहरी उपमहानगरपालिका १६ मेजर टोलमा स्थानीयवासीहरुलाई हतियार देखाएर त्रसित बनाएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीको टोलीले उनलाई आइतबार अपरान्ह ३ बजे पक्राउ गरेको हो ।

    प्रहरीले शेर्पाको झोलाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल दुई थान, गोली ४ राउण्ड, म्याग्जिन र १ थान खुकुरी, नगद एक लाख तीन हजार पाँच सय रुपैया, ६ थान एटिएम कार्ड र परिचयपत्र बरामद भएको जनाएको छ ।

    शेर्पालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij