बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

भुकम्पले विद्यालय भवन भत्काएपछि विद्यार्थी टहरामा बसेर पढ्न बाध्य

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • ताप्लेजुङ, फागुन २८ । वि.स.२०७२ साल वैशाखमा गएको भूकम्पले भत्काएको भवन पुनर्निर्माण नहुँदा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी टहरामा बसेर पढ्न बाध्य भएका छन् ।

    विद्यालयको एउटा भवन पूर्णरुपमा भत्किएपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा राखेर पठनपाठन गराइँदै आएको छ ।

    कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भने जीर्ण बनेको भवनमा डरत्रासका साथ राखेर पढाइने गरेको छ ।

    भवन पुनर्निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग आग्रह गर्दा पनि कसैले वास्ता नगर्दा समस्या भएको विद्यालयका निमित्त प्रधानाध्यापक भीमबहादुर विश्वकर्माले बताए ।

    जिल्ला शिक्षा कार्यालयको भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गतको भवनसमेत निर्माणाधीन अवस्थामा छ ।

    गत असार मसान्तमै सकिने गरि एक वर्षअघि निर्माण सम्झौता भए पनि हालसम्म भवन निर्माणको काम सकिएको छैन ।

    चालू आर्थिक वर्षमा गाउँपालिकाले विद्यालय भवन मर्मतका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । तर सो रकमले मात्र काम सम्पन्न गर्न नसकिने स्थानीयले बताएका छन् ।

    जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले भने विद्यालयको भवन निर्माणका लागि पहल भइरहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij