आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता गरिंदै, फागुन ३० गते चुनाव

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • काठमाडौं, फागुन २८ । राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता गरिंदै छ ।

     

    संघीय संसद् सचिवालयले राष्ट्रियसभाको उम्मेदवार बन्न चाहनेलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको छ ।

    संसद् भवन नयाँबानेश्वरमा उम्मेदवारी दर्ता गर्न सकिने सचिवालयले जनाएको छ ।

    उम्मेदवारहरुको अन्तिम नामावली आजै दिउँसो साढे १ बजे प्रकाशित गरिने भएको छ । फागुन ३० गते राष्ट्रियसभाको अध्यक्षको चुनाव हुँदै छ ।

    प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । एमालेका तर्फबाट उम्मेदवार बन्नेको जित सुनिश्चित जस्तै छ ।

    यसैबीच सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन् ।

    उनीहरुको शपथअघि नै मतदाताको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ ।

    राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २÷२ जना सांसद छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij