बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दुर्घटनाग्रस्त जहाजभित्रै २५ जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • युएस बंगलाको जहाज दुर्घटनामा परी ३४ यात्रुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

    नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनाग्रस्त जहाजबाट २५ जनाको शव निकालिएको छ।

    सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएकामध्ये ८ जनाको ज्यान गएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको नेउपानले जानकारी दिए।

    विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए।  तीमध्ये ३३ जना नेपाली थिए।  यात्रुमध्ये धेरै ब‌गलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी  थिए। मृत्यु भएकामध्ये कति नेपाली थिए भन्ने पुष्टि भएको छैन।

    ब‌ंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।

    उद्दार कार्य नसकिएकाले विमानस्थल अनिश्चतकालका लागि बन्द गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij