बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

राजधानीको लाजिम्पाटबाट ५ किलो चरेस सहित २ जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • काठमाडौंको लाजिम्पाटमा रहेको इम्पोरिलय क्याफेबाट ५ किलो लागुऔषध चरेससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित गैडाकोट नगरपालिका १० का ३२ वर्षीय विजय घर्ती मगर र कास्कीको पोखराका ३० वर्षीय सुमन रोक्का मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका दुबै जनालाई प्रहरी वृत्त दरबारमार्गमा राखि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij