बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कार दुर्घटनामा एकजनाको मृत्यु, तीनजना घाइते

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • चितवन, फागुन २९ । चितवनको इच्छाकामना गाउँपालिका, चुम्लिङ्टारमा गएराति कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा कारमा सवार धादिङ, जुँगेखोलाका २३ वर्षीय सरोज सुवेदी छन् । उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका कार चालकसहित ३ जनाको भरतपुर मेडिकल कलेज चितवनमै उपचार भइरहेको छ ।

    गएराति साढे २ बजे बा१२च ४६१५ नम्बरको कार आफै अनियन्त्रित भई सडक किनाराको नालिमा पल्टदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij