बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

युएस बंगाल विमान दुर्घटनाः शव आजबाट आफन्तलाई बुझाउने प्रक्रिया सुरु

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • काठमाडौं, फागुन २९ । युएस बंगाल एयरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएकाहरुको शव आजबाट आफन्तलाई बुझाइने प्रक्रिया सुरु हुने भएको छ ।

    काठमाडौं, फागुन २९ । युएस बंगाल एयरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएकाहरुको शव आजबाट आफन्तलाई बुझाइने प्रक्रिया सुरु हुने भएको छ ।

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो ।

    दुर्घटनामा निधन भएकाहरुको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

    प्रक्रिया पूरा गरेर शवहरु आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । शिक्षण अस्पतालमा मृतकका आफन्तहरुको भीड लागेको छ ।

    दुर्घटनामा घाइते भएका २२ जनाको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ११ जना नेपाली र बाँकी ११ जना अन्य देशका नागरिक भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा आयोग गठन गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij