बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

विमान दुर्घटनाः अस्पतालमा मृतक र घाइतेका परिवार भाव विह्वल

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • काठमाडौं, फागुन २९ । युएस बंगाल एयरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएकाहरुको शव अस्पतालमा छ । ती शवहरु आज आफन्तले बुझदैछन् ।

    मृतक र घाइतेका परिवार भाव विह्वल छन् । शव बुझ्न र घाइते भेट्न आफन्त तथा शुभचिन्तकहरुको अस्पतालमा भीड लागेको छ ।

    सामाजिक संजालहरु शुभेच्छा प्रकट गर्ने र श्रद्धान्जली अर्पणका मार्मिक शब्दहरुले भरिएका छन् ।

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो ।

    दुर्घटनामा निधन भएकाहरुको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

    प्रक्रिया पूरा गरेर शवहरु आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

    जसमध्ये एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका ११ नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका २२ जनाको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    घाइतेमध्ये ११ जना नेपाली र बाँकी ११ जना अन्य देशका नागरिक भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij