आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माटोको ढिस्कोले पुरिएर तीनजना घाइते, दुईको अवस्था गम्भीर

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • बैतडी, फागुन २९ । माटोको ढिस्कोले पुरिएर बैतडीमा मंगलबार तीनजना मजदुर घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

    घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका–१, श्रीखन्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५ वर्षीय गोविन्दप्रसाद भट्ट र ३५ वर्षीय गणेशदत्त भट्ट रहेका छन् ।

    घाइतेमध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिए ।

    मानप्रसादको हात र मुखमा गम्भीर चोट लागेको छ भने गोविन्दप्रसादको ढाड र पेटमा चोट लागेको छ ।

    गम्भीर घाइते दुवैजनालाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ भने गणेशदत्तको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    बैतडीको श्रीखन्डमा ढुंगा निकाल्नेक्रममा मंगलबार दिउँसो १ बजेतिर एक्कासि माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर उनीहरु घाइते भएका हुन् ।

    ढिस्कोमा पुरिएका घाइतेलाई प्रहरीचौकी गुरुखोलाबाट ग्रामीणगस्तीमा गएका प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए ।

    गोविन्दको घर निर्माणका लागि उनीहरुले ढुंगा निकालिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij