बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

प्लाइउड उद्योगमा आगोलागी, ‘४० लाखको क्षति’

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • नवलपरासी, फागुन २९ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित जमुवाडमा रहेको एक प्लाइउड उद्योगमा मंगलबार दिउँसो आगोलागी हुँदा ४० लाख रुपैयाँ बढीको क्षति भएको छ ।

    ‘इभरग्रीन बम्बु इन्डष्ट्रिज’ नामक उद्योगमा केमिकल तताइरहेका बेला नजिकै रहेको विद्युत् ट्रान्समिटरमा आगो सल्केपछि विद्युत सर्ट भएर आगोलागी भएको प्रहरीले जनाएको छ ।

    उद्योगका सन्चालक डम्बरदेव अर्यालकाअनुसार आगोलागीबाट थर्मप्लान्टसहित ४० लाख रुपैयाँ बढीको क्षति भएको छ ।

    रामग्राम नगरपालिका र बुटवल उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि उद्योगमा अझै ठूलो क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij