प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४
वैज्ञानिक स्टेफन हकिङको बुधबार ७६ वर्षको उमेरमा निधन भएको छ।
उनको परिवारले विज्ञप्ति जारी गर्दै क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको जनाएको छ।
हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले आफ्ना प्यारा पिताको निधनले मर्माहत भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
बेलायतका हकिङ ब्ल्याक होल र सापेक्षतासम्बन्धी सिद्धान्तमा उनले दिएको योगदानका लागि प्रसिद्ध छन्।
उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लगायत थुप्रै विज्ञानसँग सम्बन्धित पुस्तक लेखेका छन्।
हकिङ २१ वर्षका हुँदा उनलाई नसासम्बन्धी रोग लागेको थियो। यो सन् १९६३ को कुरा हो। त्यतिबेला चिकित्सकले उनलाई बढीमा २ वर्षमात्र बाँच्ने बताएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij