आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निजी क्षेत्रसँग सहकार्य गरेर औद्योगिक वातावरण तयार पार्ने मुख्यमन्त्रीहरुको प्रतिवद्धता

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४



  • काठमाडौं, फागुन ३० । मुख्यमन्त्रीहरुले निजी क्षेत्रसँग सहकार्य गरेर औद्योगिक वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा गरेको मुख्यमन्त्रीहरुसँगको अन्तर्क्रियामा सातवटै प्रदेशका मुख्यमन्त्रीले निजी क्षेत्रले उठाउँदै आएका विषयवस्तुको सम्बोधन गर्दै आफूहरु अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा लगानीमैत्री वातावरण अझै तैयार नभइसकेको भन्दै नीजि क्षेत्रका चुनौती सम्बोधन गर्दै अघि बढ्ने बताए ।

    प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले समृद्धिको बाटोमा मिलेर काम गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले उत्पादनशील भूमिको अधिकतम् प्रयोग गर्दै उत्पादनलाई बढावा दिने नीति अबलम्बन गरिने बताए ।

    अन्य प्रदेशका मुख्यमन्त्रीहरुले पनि कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij