बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पहिलो सन्तानस्वरुप छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४



  • विराटनगर, फागुन ३० । विराटनगर महानगरपालिकाले ‘छोरी बचाउ अभियान’अन्तर्गत पहिलो सन्तान छोरी जन्माउने आमालाई बुधबार प्रोत्साहन भत्ता प्रदान गरेको छ ।

    महानगरपालिकाले एक कार्यक्रमकाबीच पहिले छोरी जन्माउने १५ जना आमालाई प्रोत्साहन भत्तास्वरुप जनही ३ हजार रुपैयाँ प्रदान गरेको हो ।

    जनप्रतिनिधि वहाली भएसँगै महानगरपालिकाले परिषद्मा बजेट छुट्याएर प्रोत्साहन भत्ता दिइने व्यवस्था गरेको हो । महानगरपालिकाका मेयर भिम पराजुली तथा उपमेयर इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता प्रदान गरे ।

    समाजमा छोरा र छोरीबीच देखिने विभेद अन्त्य गर्न महानगरपालिकाले यो अभियान प्रारम्भ गरेको हो । प्रोत्साहन भत्ता पाउन महानगरपालिकाले चारवटा मापदण्ड बनाएको छ ।

    नेपाली नागरिक हुनुपर्ने, २० वर्षपछि विवाह गर्ने, गर्भावस्थामा नियमित चारपटक स्वास्थ्य जाँच गराउने तथा स्वास्थ्यकेन्द्रमा प्रसुति गराउनेलाई महानगरपालिकाले प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij