बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पुवाखोलामा पुल निर्माणको काम अन्तिम चरणमा

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४



  • इलाम, फागुन ३० । इलामको पुवाखोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    फुटपाथसहित दोहोरो गाडी चलाउन सकिने पुलको काम ९८ प्रतिशत पुरा भएको हो ।

    सडक डिभिजन कार्यालय इलाम मार्फत निर्माणाधीन यो पुल पूर्वी क्षेत्रमै पहिलोपटक नयाँ प्रविधिबाट तयार गरिएको हो । प्रिस्टे«स कंक्रिट प्रविधिबाट निर्माण भइरहेको यो पुलको आयु लामो हुने प्राविधिकहरु बताउँछन् ।

    यो प्रविधिबाट नेपालमा एकदम कममात्र पुल निर्माण गरिएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुवकुमार झाले बताए ।

    ४ करोड १३ लाख ९० हजार रुपैयाँको लागतमा २०७१ असार २७ गते पुल निर्माणको ठेक्का एलिट कन्ट्रसनले लिएको थियो । ४१ मिटर लामो र ११ मिटर चौडाइको यो पुल निर्माणपछि आसपासका क्षेत्रका बासिन्दालाई सहज हुने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij