बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बझाङमा जिप दुर्घटना, दुईजनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४



  • बझाङ, फागुन ३० । बझाङमा बुधबार भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    छबिस पाथीभेराको ब्याँसी थलाराबाट भाँडेबजारतर्फ जाँदै गरेको से१ज ६१५ नम्बरको जिप नेटारेल्यामाटी भन्ने स्थानमा दुर्घटना भएको हो ।

    दुर्घटनामा छबिस पाथीभेरा गाउँपालिका–५ की ५२ बर्षीया सोनकोसा जाग्री र ४८ बर्षीया रुद्रा जाग्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

    दुर्घटनामा २ जना घाईते पनि भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij