प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४
राष्ट्रिय सभाले अध्यक्षमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सीनालाई निर्वाचित गरेको छ।
संसदको १ बजे बसेको बैठकले तिमिल्सीना निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
राष्ट्रिय सभाको अध्यक्ष पदमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सीनाको एकल उम्मेद्वारी परेको छ।
हाल राष्ट्रिय सभाको बैठक जेष्ठ सदस्यको हैसियतमा तारादेवी भट्टले सञ्चालन गर्दै आएकी छिन्।
तिमिल्सीना प्रदेश ४ बाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij