बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४



  • काठमाडौं, फागुन ३० । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आगामी चैत २३ देखि २५ गतेसम्म चिया महोत्सव गर्न लागेको जानकारी गराएको छ ।

    बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले वार्षिक व्यापार घाटा व्यहोर्नुपरिरहेको भन्दै सरकारले चियाखेतीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

    नेपालमा उत्पादन भएका चियालाई नेपाली ब्रान्डमा विदेशमा बिक्री गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने उनको भनाइ थियो ।

    महोत्सवमा अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने चिया व्यवसायीहरु तथा नेपाली व्यवसायीहरुसँग चियाखेतीकाबारेमा छलफलसमेत हुने आयोजकले जनाएको छ ।

    महोत्सवमा जर्मनी, रुस, अमेरिका, चीन, क्यानडा, श्रीलंकालगायत १३ देशका २५ जना चिया व्यवसायीहरुको सहभागी रहने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij