आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जोडिएको २२ दिनमै फुटाइए ३ मन्त्रालय

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०७४



  • गाभिएको २२ दिनपछि केन्द्रीय सरकारका तीन मन्त्रालय फुटाइएका छन्। आकांक्षी व्यवस्थापन र संघीय समाजवादी फोरमलाई सरकारमा सामेल गराउन ओलीले मन्त्रालय संख्या २१ पुर्‍याएका हुन्।

    यसअघि ३१ मन्त्रालय रहेकोमा ‌ओलीले प्रधानमन्त्री निर्वाचित भएलगत्तै फागुन ११ मा नेपाल सरकारको कार्यविभाजन नियमावली संशोधन गरेर मन्त्रालय संख्या १८ कायम गराएका थिए। उनले मन्त्रीको आकांक्षी व्यवस्थापनका लागि मन्त्रालय संख्या २१ पुर्‍याएका हुन्।

    यसअघि १८ मन्त्रालय कायम गर्दा जलश्रोत तथा उर्जा मन्त्रालय बनाइएको थियो। सो मन्त्रालयलाई विजभान गरी उर्जा र सिँचाइ बनाइएको हो।

    त्यस्तै श्रम, रोजगार,महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय पनि टुक्रने भएको छ। श्रम तथा रोजगार छुट्टै मन्त्रालयको रूपमा रहने छन्। यसअघि एकैठाउँमा आउनुअघि पनि यी दुई मन्त्रालय छुट्टाछुट्टै थिए। अब श्रम तथा रोजगार एउटा मन्त्रालय र महिला बालबालिका तथा सामाजिक सुरक्षा अर्को मन्त्रलायको रूपमा रहनेछ।

    सिंहदरबार भित्र एकीकृत मन्त्रालयको नाम लेख्ने काम भइरहँदा २२ दिन नपुग्दै मन्त्रालय टुक्रन लागेका हुन्। आकांक्षी व्यवस्थापन गर्न नसक्दा सरकार गठनको १ महिना पुग्न लाग्दासमेत ओलीले मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन्।

    त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय पनि टुक्रिन भएको छ। सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्टै कायम गर्ने भएको छ। त्यस्तै युवा तथा खेलकुद् मन्त्रलाय छुट्टै राख्ने भएको हो। ३१ मन्त्रालयको रूपमा रहँदा यी तीन वटै मन्त्रालय छुट्टाछुट्टै थिए।

    प्रधानमन्त्री ओलीले यसअघि सानो र चुस्त सरकार बनाउने बताएका थिए। तर आकांक्षी व्यवस्थापनकै लागि उनले मन्त्रालय संख्या बढाएका हुन्। संविधानले केन्द्र सरकारमा बढीमा २५ मन्त्री हुनसक्ने व्यवस्था गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij