आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश नम्बर ३ मा वडाअध्यक्षको तलब २० हजार

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०७४



  • प्रदेश नम्बर ३ को सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो।

    स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए।

    प्रदेश नं ३ का सरकारले महानगरपालिकाका प्रमुखको तलब रु ४६ हजार निर्धारण गरेको छ। यसका साथै महानगर प्रमुखलाई रु तीन हजार सञ्चार सुविधा थप हुनेछ। दैनिक भ्रमण भत्ता  दुई हजार तोकिएको छ भने विदेश जाँदा दैनिक २०० डलर पाउने विधेयकमा उल्लेख छ। यात्रा बीमा रु १० लाखको हुने जनाइएको छ। उपप्रमुखले रु ४० हजार र वडाध्यक्षले रु २८ हजार पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ।

    यस्तै उपमहानगरका प्रमुखले रु ४० हजार २०० र उपप्रमुखले रु ३५ हजार तलब पाउनुहुनेछ भने वडाध्यक्षले रु २५ हजार पाउनुहुनेछ। त्यस्तै, नगरपालिकाका प्रमुखले रु ३५ हजार, उपप्रमुखले रु ३१ हजार र वडाध्यक्षले रु २२ हजार तलब पाउनुहनेछ।

    गाउँपालिकाका अध्यक्षले रु ३१ हजार, उपाध्यक्षले रु २७ हजार र वडाध्यक्षले रु २० हजार पाउनुहने विधेयकमा उल्लेख छ।

    यसैगरी जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका प्रमुख सरह रु ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले रु ४० हजार २०० पाउनुहुने व्यवस्था सो विधेयकमा उल्लेख छ। यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउने जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij