बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दक्षिण देउखुरीको बार्षिक समन्वयात्मक समिक्षा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०७४



  • शिबराज पन्थी, २ चैत्र गढवा । दक्षिण देउखुरी अधिकार मञ्चले बर्षभरी गरेका कृयाकलापका बारेमा समिक्षा गर्दै आगामी बर्षका कार्यक्रममा समन्वय गर्ने उद्देश्यले शुक्रवार गढवा गाउँपालिका स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न गरेको छ । देउखुरी राप्तीपारीको गढवा र राजपुर गाउँपालिका क्षेत्रमा सहकर्मी समाज सुर्खेतको आर्थीक तथा प्रविधिक सहयोगमा विपन्न र सिमान्तकृत समुदायलाई आधार मानि कामगर्दै आएको समुदायमा अधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चले एक बर्षको अवधिमा तरकारी खेति,गहुँखेति, कुखुरा पालन, बंगुर पालन, घरबगैचा संरक्षण, पोषण तथा ब्यक्तिगत सरसफाई, किराना पसल सञ्चालन,लैगिक सचेतना, सिलाई कटाई, फे्रसहाउस सञ्चालन, नेतृत्व विकाश र च्याउखेति लगायतका दर्जनौं तालिमहरु सञ्चालन गरेको र उनिहरुको आयआर्जनका लागी दिगो ब्यवस्थापन हुनेगरी सामाग्रीहरु समेत वितरण गरेको कार्यक्रममा जानकारी गराईएको थियो । कुल ११३० सदस्यहरु आवद्ध रहेको यस संस्थाको मुख्य कार्यालय गढवामा रहेको छ ।

    किसानहरुलाई आयआर्जन र पशुपालन तर्फ पे्ररीत गर्न संस्थाले कृषि तथा पशु प्रविधिक समेत परिचालन गरेको बताईएको छ । यसले राप्तीपारीका साविकका ५ गाविसलाई कार्यक्षेत्र बनाई ५ वटा गाविस स्तिरिय मुल समिति, ५५ वटा सामुदायिक समूह गठन गरि काम गरिरहेको र समय समयमा दक्षिण देउखुरीको समग्र विकासका लागि समेत विभिन्न माग राख्दै राज्यका सरोकारवाला निकायहरुलाई सचेत गराउदै आएको संस्थाका अध्यक्ष देवराज कुँवरले जानकारी दिनुभयो । आगामी बर्ष कोसेली परियोजनाका नामबाट राप्तीपारीका दुवै गाउँपालिकाहरु संग समन्वय र सहकार्य गरी खाद्य शुरक्ष र पोषण, जलवायु परिवर्तन अनुकुलन, समुदायको आर्थिक सुधार, नागरिक समुहहरुको क्षमता अभिबृद्धि र सामाजिक सामावेसिकरण तथा लैंगीक समानताका विविध कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाले जानकारी गराएको छ ।
    संस्थाका अध्यक्ष देवराज कुवँरको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी ईन्कोर परियोजनाका फिल्ड अधिकृत देवि प्याकुरेल, सहकर्मि समाजका जिल्ला कार्यक्रम संयोजक पुनाराम पन्थी,चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी, स्वास्थ्य चौकी गढवाका प्रमुख कुलराज चौधरी, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सदस्य खुमानन्द पोखे्रल, शिसा नेपालका पटवारी यादव लगायतकाले भनाइहरु राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका ब्यवस्थापक सहदेव यादवले गर्नु भएको थियो ।

    यसैविच संस्थाको बार्षिक समन्वय बैठक तथा समिक्षा कार्यक्रम राजपुर गाउँपालिकामा पनि सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवराज कुवँरको अध्यक्षता र राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij