बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सिमेन्ट कम्पनीले चलाएको खानीमा ढुंगा ढुवानीमा चलाउने टिप्परले सर्बसाधारणले भोगे सास्ती

  • प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४



  • बिनिता शर्मा , दाङ । जिल्ला सदरमुकाम घोराही देखि २० किलोमिटर उत्तर पुर्बी पहाडी भेगमा रहेको बगंलाचुली गाउँ पालिकामा घोराही सिमेन्टको खानी रहेकोे छ ।
    त्यहाँ बाट ढुंगा ढुवानी गर्न चल्ने सयौंको संख्यामा टिप्परले उडाउने धुलो र खाल्डाखुल्डीको कारण सर्बसाधारणले सास्ती भोग्नु परेको स्थानीयको गुनासो रहेकोे छ । स्थानीय कासी बुढा भन्छन् -“पटकपटक आन्दोलन गरियो प्रशासनसमक्ष गएर बार्ता गरियो तर केही अर्थ लागेन, खोइ यहीँ धुलोको कारण बाख्राले घाँस खान छोडेर परेसान छौ ” ।

     

    त्यसैगरी एकजना बिगत ५ बर्षदेखी त्यहाँ काम गर्ने सरकारी कर्मचारीले यहीँ ताल हो भने धुलो खाएर मरिने पिर ब्यक्त गर्नुभयो ।  उहाँ भन्नुहुन्छ -” घोराहीबाट हिड्ने बेलामा लगाएको कपडा अफिसमा गएर नफेर्ने हो भने काम गर्नै नसक्ने स्थिति छ , बाटोमा टिपरको दादागिरी छ खाल्डाखुल्डीमा फस्यो भने सिधै पल्टिएर टिप्पर मुनि भइन्छ ,कसरी बाँच्ने ?? यति लामो समय देखि समस्या छ र सम्बन्धित निकायले के हेर्‍यो कि देखेर पनि सिमेन्ट कम्पनीको प्रभावका कारण चुपचाप छ किन मौन ??”

    यस बिषयमा बंगलाचुली गाउँ पालिकाका अध्यक्ष भक्त बहादुर वलीले भन्नुहुन्छ स्थानीय श्रोत साधन परिचालन गर्नुपर्छ । जुन स्थानमा खानी संचालनमा ल्याईएको छ त्यो ठाउँका जनताले सास्ती भोगिरहेका छन ।
    यो खानीबाट उत्पदन समस्याका बारेमा पटकपटक कम्पनी संग छ्लफल भएको छ यदि समयमा कम्पनीले समस्या समाधानको बारेमा नसोचेको खण्डमा खानीमा काम बन्द गराउने उहाँले बताउँनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij