बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइयो

  • प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४



  • लहान, चैत ३ । सिरहाको कर्जन्हा नगरपालिका–१ उतराइनीस्थित नन्दबाबा सामुदायिक वनक्षेत्रमा अतिक्रमण गरी बनाइएको ४० भन्दा बढी घर टहरा जिल्ला वन कार्यालय सिरहाको टोलीले शुक्रबार साँझ भत्काएको छ ।

    जिल्ला वन कार्यालयका कर्मचारी, वन रक्षकको टोलीले सामुदायिक वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएको करिब ४० भन्दा बढी घर टहरा भत्काएको हो ।

    सिरहाको विभिन्न सामुदायिक वनक्षेत्रमा अतिक्रमण बढेको भन्दै वन कार्यालयले अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन थालेको छ ।

    कमला नदीसँगै टाँसिएको उक्त सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी धमाधम घर टहरा निर्माण हुन थालेकाले निर्माण गरिएको संरचना भत्काइएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिए ।

    अतिक्रमण गरिएको वनक्षेत्र खाली गर्न पटक÷पटक आग्रह गरे पनि कुनै सुनुवाइ नगरेपछि बाध्य भएर बल प्रयोग गरी घर टहरा भत्काइएको उनको भनाइ छ ।

    जिल्लाका अन्य सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइने योजना रहेको जिल्ला वन कार्यालय सिरहाले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij