आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाललाई ‘रुवान्डा’ र ‘इथियोपिया’ बनाउनबाट रोकेको छु: प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४



  • काठमाडौं, चैत ३ । प्रधानमन्त्री केपी ओलीले जातजाति, भाषाभाषी र धर्मको नाममा मुलुकमा विखण्डन आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    काठमाडौं, चैत ३ । प्रधानमन्त्री केपी ओलीले जातजाति, भाषाभाषी र धर्मको नाममा मुलुकमा विखण्डन आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    पूर्व सांसद् मञ्च र नेपाल निजामति कर्मचारी संगठनको संयुक्त टोलीलाई आज बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले विगतमा जात जाती र भाषाभाषीलाई उचालेर मुलुकलाई रुवान्डा र इथियोपिया बनाउन खोजेको तर आफूले सफल हुन नदिएको बताए ।

    अहिलेको सरकारको एउटै लक्ष्य आर्थिक समृद्धि भएको भन्दै ओलीले अब मुलुकमा प्रशासनिक ढिलाई नहुने पनि स्पष्ट पारे । सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीले राष्ट्र सेवक कर्मचारीलाई जनताको काम इमान्दारितापूर्वक गर्न पनि निर्देशन दिए ।

    उनले जनताले काममा ढिलाई भएको गुनासो आए कसैको अनुहार नहेरी कारबाही गर्ने चेतावनी दिए । पूर्व सांसद् मञ्चले सरकारले गरेका काममा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij