आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तेजकुमार राई बने प्रथम खोटाङ आइडल

  • प्रकाशित मिति : आइतवार, चैत्र ४, २०७४



  • खोटाङ, चैत ४ । सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् ।

    गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् ।

    आइडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् ।

    पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना संगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताए ।

    विजेता राईलाई दिक्तेलस्थित इटिसी मोबाइल सेन्टरले रु २१ हजार मूल्य बराबरको मोटोरोला मोबाइल प्रदान गरेको छ ।

    दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा छात्रवृत्तिमा कक्षा ९ मा अध्ययनरत राई केपिलासगढी गाउँपालिका–५, सप्तेश्वरका हुन् ।

    ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नाराका साथमा आयोजित आइडलमा रोहित राई दोस्रो, अमिता राई तेस्रो, सुमन राई चौथो र दीपा राई पाँचौँ भएका छन् ।

    प्रतियोगितामा दोस्रो हुनेले नगद रु २४ हजार ५७४ का साथमा तीन महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड तथा तेस्रो हुने प्रतिभालाई नगद रु १० हजार ५७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

    परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीद्वारा आयोजित रियालिटी शोमा चौथो हुनेलाई रु दुई हजार ७४ नगद, एउटा गीत रेकर्डिङ र प्रमाणपत्र, पाँचौँ हुनेलाई व्यक्तिगततर्फबाट नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

    गत मंसिर २३ गतेबाट शुरु प्रतियोगितामा जिल्लाका ५५० जनाले प्रतिस्पर्धामा भाग लिएका थिए ।

    दिक्तेलस्थित सरस्वती माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक आशिष ताम्राकार र संगीतकार भिमसेना राईले निर्णायकको भूमिका निर्वाह गर्नुका साथै बेजोड सांगीतिक प्रस्तुति रहेको थियो ।

    राति अबेरसम्म सञ्चालन भएको कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट आठमा पर्न सफल गायक उल्सन श्रेष्ठ, गायक रेवत राईलगायतले दर्शकलाई नचाएका थिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij