प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०७४
शान्ति नगर गाउँ पालिकाको परिचय शान्ति नगर गाउँ पालिका ५ नम्बर प्रदेश अन्तरगतको राप्ती अंचल दाङ जिल्लाको १० वटा स्थानीय तह मध्ये एउटा स्थानीय तह हो । राप्ती अंचलको सदरमुकाम तथा नेपालको प्रसिद्ध शहरहरु मध्ये एउटा प्रसिद्ध शहर तुल्सीपुर देखि १० किलोमीटर पश्चिम्मा रहेको शान्ति नगर गाउँ पालिकाको कुल क्षेत्रफल ११६.०२ बर्ग किलोमीटर रहेको छ । २०६८ को जनगणना अनुसार २५६७२ रहेको छ । राज्यको पुणसंरचना पश्चात् साबिक बागमारे,धनौरी र शान्ति नगर गाउँ पालिका बनेको छ । यस गाउँ पालिकाको केही भु भाग पहाडी क्षेत्रमा पर्दछ ।साल,सिसौ खयर जस्ता रुखहरु प्रसस्त रहेको घना जंगल पनि यस गाउँ पलिकामा पर्दछ । पहाडी क्षेत्रमा पशुपालनमा तथा अमिलो जातका फलफूल अदुवा तोरी जस्ता नगदे बाली पनि उत्पादन हुने गर्दछ भने तल्लो क्षेत्रमा रहेकोे जमीन कृषि कार्यका लागि उर्वर मानिन्छ ।
खासगरी तोरी,धान,तरकारी र महकालागी यो क्षेत्र पकेट मानिन्छ । यहाँ बाहुन,क्षेत्री,मुस्लिम,मगर,दलित र जनजाती सबै जातिको बसोबास रहेको छ । राजनैतिक रूपमा पनि यो गाउँ पालिकाले राम्रै उत्पादन गरेको छ । यस गाउँ पालिकामा पंचायती ब्यब्स्थाको कहालीलाग्दो अबस्थामा पनि प्रजातन्त्र नेपालमा जसरी पनि ल्याउनु पर्छ भनी भुमीगत रहि नेपाली काङ्ग्रेसको बिस्तारमा लाग्नु भएका अत्यन्त सालिन र भद्र स्वभावका धनी कमानसिङ डाँगी गणतन्त्र नेपालको शान्ति नगर गाउँ पालिकाको प्रथम अध्यक्ष बन्नु भएको छ ।यसरी नयाँ ईतिहास रच्नु भएका त्यागी नेता तथा गाउँ पालिका अध्यक्षले सबै जनप्रतिनिधि र कर्मचारीलाई समानता राखी गाउँ पालिका हाँकिरहनु भएको छ । दाङ जिल्लाका दस वटा स्थानीय तहहरु मध्ये शान्ति नगर गाउँ पालिकालाई सेवा प्रबाह बिकास ब्यबस्थापन र सामाजिक अभियानलाई शसक्त ढंगले अगाडि बढाई अग्र पंक्तिमा राख्न सफल बन्नु भएको छ । आफ्नो ५ बर्से कार्यकाल भित्र शान्ति नगर लाई बिकासको नमुना र समृद्ध शान्ति नगर बनाउन लागी रहेको डाँगीले बताउनुभयो ।https://www.youtube.com/watch?v=7lva8FyAFZU&t=11s
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij