प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०७४
दरबारमार्ग बलात्कार घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २२ वर्षीय शैलेस कार्कीलाई पक्राउ गरेको हो।
कार्कीलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको काठमाडौंका एसएसपी विश्वराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए।
बलात्कार जस्तो जघन्य अपराधको घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी तिलक, इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी समेत कारबाहीमा परेका थिए।
गत माघ ७ मा काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेकी थिइन्। तर, बृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij