प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०७४
सभामुख भएपछि पहिलोपटक आफू निर्वाचित जिल्ला दाङ आएका महराले मंगलबार घोराहीमा घोराही उपमहानगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा आफ्नो राजनीतिक पृष्ठभूमि एकखालको भएपनि सभामुखको पदभारग्रहण गरिसकेपछि अब सबैको साझा व्यक्ति बनेको बताए ।
वैशाख १५ गतेपछिको संसद बैठकमा बजेट र कानुनको ‘सेसन’ चल्ने र स्थानीय तह, प्रदेश सरकारदेखि विभिन्न कानुनहरु निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
सभामुख महराले आफूले सांसदमा निर्वाचित हुनुपूर्व घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्न निरन्तर पहल गरिरहेको पनि बताए ।
समग्र दाङको विकासमा आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि निरन्तर पहल गरिरहेको भन्दै उनले विकास निर्माणका जरुरी आवश्यकताहरुलाई प्राथमिकताका आधारमा एकीकृत गरेर स्थानीय तहबाट योजनाहरु थप गरेर ल्याउन आग्रह गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij