आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैतडीमा हात्तीपाइले रोगीको खोजी

  • प्रकाशित मिति : बुधबार, चैत्र ७, २०७४



  • बैतडी, चैत ७ । बैतडीमा हात्तीपाइले रोगीको खोजी अभियान सञ्चालन हुने भएको छ ।

    पहिलो चरणमा यही चैत १२ गतेदेखि जिल्लाका ६ वटा स्थानीय तहमा हात्तीपाईले रोगीको खोजी गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले जानकारी दिए । पहिलो चरणमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा उक्त अभियान सञ्चालन हुने जनाइएको छ ।

    चैत १४ गतेसम्म सञ्चालन गते उक्त अभियानमा महिला स्वयंमसेविकाले घर घरमा गएर हाईड्रोसिल तथा हात खुट्टा सुन्निएको बिरामीको खोजी गर्ने हेल्थ असिस्टेन्ट पाण्डेयले बताए । हात्तीपाईतेका बिरामी खोजी अभियानमा ४८३ महिला स्वयंमसेविका र २५० स्वास्थ्यकर्मी गरी ७३३ जनशक्ति परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

    पहिलो चरणको खोजी अभियान सकिएलगत्तै दोगडाकेदार, डिलाशैनी,सिगास र पुर्चौडीमा दोस्रो चरण अन्तर्गत खोजी अभियान सञ्चालन गरिने भएको छ ।

    ६ वर्षसम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाएपछी बैतडीमा अझै पनि हुनसक्ने भन्दै खोजीगर्ने भएको हो । यो अभियानले हात्तीपाइले रोगविरुद्धका औषधी अभियानको प्रभावकारिता कस्तो भयो भनेर थाहा हुने जनाएको छ ।

    हात्तीपाइले रोगका बिरामीमा हात खुट्टा सुन्निएकाको उपचार गरिन्छ भने हाईड्रोसिल भेट्टिएमा जिल्ला अस्पताल बैतडीमा जुनसुकै समयमा पनि निशुल्क रुपमा अप्रेशन गरिने हेल्थ असिस्टेन्ट पाण्डेयले बताए ।

    यस्तो किसिमका बिरामीले महिला स्वयंमसेविका तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आउन जिल्ला स्वास्थ्य कार्यालय बैतडीले अनुरोध गरेको छ । यसका साथै यो अभियान सम्पन्न भएपछि जिल्ला स्वास्थ्य कार्यालयमा हाईड्रोसिल शल्यक्रियाकोे निःशुल्क शिविर बस्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij