आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्रीले बोलाए सातै मुख्यमन्त्रीलाई सिंहदरबार

  • प्रकाशित मिति : बुधबार, चैत्र ७, २०७४



  • प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दैछन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे प्रदेश सरकारका समस्याबारे प्रधानमन्त्रीले मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिवसँग छलफल गर्न लागेका हुन्।

    कर्मचारी अभाव, क्षेत्रीय कार्यालय खारेजलगायतका विषयमा छलफल हुने छ।

    प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका काम अहिले चार किसिमका समस्या रहेको बताए।

    ‘पहिलो कुरा कानुन नै छैन, धेरै कानून संघीय संसदले बनाउनु पर्छ, दोस्रो पूर्ववर्ती सरकारले क्षेत्रीय संरचनालाई यथावत् राखेकाले समस्या आएको छ,’ मुख्यमन्त्री राईले सेतोपाटीसँग भने, ‘ तेस्रो कुरा कर्मचारीको अभाव छ र हामीसँग हामीसँग बजेट छैन पनि छैन।’

    केन्द्र र प्रदेशको भूमिकाबारे पनि छलफल गर्न प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूलाई सिंहदरबार बोलाएका हुन्।

    ‘प्रदेशमा भएका समस्या समाधान गर्न केन्द्र सरकार र प्रदेश सरकारले के के गर्नुपर्छ भनेर छलफल गर्न बोलाउनु भएको हो,’ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij