प्रकाशित मिति : बुधबार, चैत्र ७, २०७४
मधु पौडेल, बाके। बाके राप्तीसोनारी गाँउपालिका अन्तरगत पर्ने मदुई–२ मा बुधबार कृषिमा आधारीत समाजिक लेखा जोखा कार्यक्रम सम्पन्न भएको छ । वाड स्तरीय खाद्य अधिकार संजाल कृषक महासंघको आयोजना र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको सहयोगमा वडाकार्यलयले कृषि सम्वन्धी लागी ल्याएको वजेटको विनियोजन के कसरी तथा कस्ता लक्षित वर्गमा हुने छन भन्ने सम्वन्ध लेखाजोखा भएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका कार्यक्रम संयोजक पे्रम बहादुर विकले बताउनुभयो । 
समाजिक लेखा परिक्षण कार्यक्रममा विभिन्न कृषक समुहका कृषक अगुवा तथा कृषक समुहका सदस्यहरुको उपस्थिति रहेको स्थानिय कृषक अगुवा सन्तु माया विकले जानकारी दिनुभयो ।
लेखा परिक्षणमा गत वर्ष ३ लाख वरावरको कृषि उत्पादनको लागि वजेट छुटएको भए पनि यस वर्ष गाउँपालिकाले यसको विषयमा नियर्ण गर्न सक्ने भएको वडाका सचिव बुद्धि राज भण्डारीले बताउनुभयो । लेखा परिक्षण बाकेका विभिन्न समुहको उपस्थितिमा गरीएको अगुवा कृषक सन्तुमाया विकले बताउनु भयो ।
उहाँका अनुसार बाँकेको समसेरगंजका तिन ओटा समुह र राप्तिसोनारी गाउँपालिका दुई ओटा कृषक समुहको फरक फरक मितिमा लेखा परिक्षण गरीएको र केही कृषकहरुले सरकारको कृषिमा अनुदानको बारेमा थाहा नपाउदा अलि गुनासो आएको बताउनुभयो । यसै गरी स्थानिय कृषक समुहका सदस्य शारदा चौधरीले आफुलाई सरकारी अनुदानको बारेमा थाहा नभएको बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij