बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दुई मोटरसाइकल आपसमा ठोक्किदा दुईजनाको मृत्यु, दुईजना घाइते

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ९, २०७४



  • कैलाली, चैत ९ । पूर्व–पश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका– २, गणेशपुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

    से२प ७९८१ र से५प ४८०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा टिकापुरका २५ बर्षीय शिवराज बोगटीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह साउदले जानकारी दिए ।

    उनले दुर्घटनामा घाइते भएका टिकापुरकै नेत्र रावलको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बताए ।

    त्यस्तै अन्य घाइतेहरूमा जोशीपुर गाउँपालिकाका आशाराम चौधरी र कञ्चनपुरका दीपक चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते दीपकलाई थप उपचारकाको लागि नेपालगन्ज लगिएको छ भने अर्का घाइते आशारामको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij