आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु, के–के हुँदैछ ?

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ९, २०७४



  • काठमाडौं, चैत ९ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिकाबारेमा समीक्षा गर्न सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार मध्याह्न १२ बजेदेखि सुरु भएको बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामकाबारेमा समग्ररुपमा समीक्षा गरिनेछ ।

    पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी छन् ।

    यसअघि, गत माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामकाबारेमा सामान्य समीक्षा भएपनि विस्तृतरुपमा आजको बैठकमा समीक्षा हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    निर्वाचनपछि कांग्रेसको यो पाँचौं केन्द्रीय कार्यसमिति बैठक भएपनि हालसम्मका बैठकमा निर्वाचनको परिणामकाबारेमा विस्तृत समीक्षा हुन सकेको थिएन ।

    यसअघिका बैठक राष्ट्रियसभा सदस्य निर्वाचन, पार्टीको संसदीय दलको विधानमाथिको छलफल तथा निर्वाचन, राष्ट्रपतिको निर्वाचनलगायत विषयमा पार्टीका तर्फबाट निर्णय लिन केन्द्रित थिए ।

    विस्तृत छलफलकाक्रममा तीन/चार दिनसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उनले बताए ।

    पार्टीमा केही युवा नेताले समूह नै बनाएर नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको आरोप लगाउँदै आएका छन् ।

    बैठकमा पार्टीका वरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्यहरुले नेतृत्वको गलत शैलीका कारण निर्वाचनमा पराजय भोग्नुपरेको भनी आलोचना गर्ने र सभापति देउवा पक्षका केन्द्रीय सदस्यले त्यसको बचाऊ गर्ने तयारी गरेको बताइएको छ ।

    मुलुककै ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसले हालै सम्पन्न २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४१ गरी ६३ स्थानमामात्र विजय हासिल गरेको थियो ।

    त्यस्तै, प्रदेशसभामा पनि अनपेक्षित परिणाम हासिल गरेको कांग्रेस यतिखेर सातै प्रदेश र संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा छ ।

    यस परिस्थितिमा पार्टीको अबको कार्यदिशा तय गर्नका लागि यो बैठकलाई महत्वपूर्णरुपमा लिइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij