बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मेलम्चीमा बस दुर्घटना, ३ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ९, २०७४



  • सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

    सिन्धुपाल्चोकबाट नाम्लाङतर्फ जाँदै गरेको आमा हेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस मेलम्ची नगरपालिका १२ स्थित तामाखानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिए।

    दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको एसपी पोखरेलले जनाए। घाइतेहरूको उपचारका लागि धुलिखेल पठाइएको समेत पोखरेलले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij