बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ग्लोबल एडभेन्चर एन्ड माउन्टनेरिङ एक्स्पो सुरु

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ९, २०७४



  • काठमाडौं, चैत ९ । साहसिक खेल, साहसिक पर्यटन तथा वातावरणजस्ता जल्दाबल्दा विषयमा छलफलका लागि शुक्रबारदेखि काठमाडौंमा ग्लोबल एडभेन्चर एन्ड माउन्टनेरिङ एक्स्पो २०१८ सुरु भएको छ ।

    एक्स्पोमा नेपालसहित १६ देशका साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनीहरु सहभागी छन् ।

    एक्स्पो हिमाली यात्रा गर्नेहरुका लागि कोशेढुंगा सावित हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए ।

    कार्यक्रममा युनियन इन्टरनेसनल अल्पाइम एसोसिएसन (युआइएए)ले हिमाल पर्वतारोहीका लागि आवश्यक नीति–नियम तर्जुमा गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij