बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नागरिक समाज दाङको प्रेस विज्ञप्ति

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ९, २०७४



  • लक्ष्मी आचार्य , दाङ । नागरिक समाज दाङले स्थापनाकालदेखि नै नागरिक सरोकारका विभिन्न विषय एवं पक्षमा वकालत एवं खबरदारी गर्दै आएको सर्वविदितै छ । नागरिक समाजले समसामयिक विभिन्न विषयमा बहस, छलफल, अन्र्तक्रिया र खबरदारीकालागि र्याली , धर्ना, ध्यानाकर्षणपत्र, सम्बद्ध निकायसँग डेलिगेसन र प्रेस विज्ञप्ति प्रकाशनजस्ता गतिविधिमार्फत आफ्नो अभियानलाई निरन्तर अघि बढाइरहेको अवगत नै छ ।

    यसै सन्दर्भमा पाँच नम्बर प्रदेशका माननीय मूख्यमन्त्री शंकर पोख्रेलसँग नागरिक दाङले दाङको विकास र समृद्धि : अवसर र चुनौतीबारे अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्न गईरहेको छ ।  मिति २०७४ चैत १० गते घोराहीको होटल सिटी प्लाजामा दिउँसो १ बजे हुने सो अन्र्तक्रिया कार्यक्रममा उपस्थित भई दाङका बिकासका सवालहरुबारे बहसमा सहभागी भैदिनुहुन यहाँ क्रियाशील राजनीतिक दल, स्थानीय तह, नागरिक समाजका प्रतिनिधि, पत्रकार, नीजि क्षेत्र, संघसंस्थालगायत सरोकारवाला सबैमा उपस्थितीकालागि हार्दिक अनुरोध गर्दछौं ।

    लक्ष्मी आचार्य                                चन्द्रराज पन्त
    सचिव                                    संयोजक
    नागरिक समाज दाङ
    मिति ः २०७४ ÷१२÷९

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij